Comments Add Comment

दुई दशकपछि घरेलु क्लबमा फर्किए ज्लाटन, बने मालिक

११ मंसिर, काठमाडौं । ज्लाटन इब्राहिमोभिच झण्डै दुई दशकपछि आफ्नै देश स्वीडेनको क्लब फर्केका छन् ।

सन् २००१ मा पछिल्लो पटक स्वीडेनको माल्लो क्लबबाट खेलेका ज्लाटन १८ वर्षपछि स्वीडेनकै क्लब हाम्मार्बीमा फर्केका हुन्  । यस पटक उनी क्लबको को-ओनरको रुपमा समेत रहनेछन् ।

३८ वर्षीय फरवार्ड इब्राहिमोभिचले दुई सिजन अमेरिकी मेजर सकर लिग क्लब एलए ग्यालेक्सीमा बिताएर यसै महिनाको शुरुमा क्लब छाडेका थिए । जहाँ उनले ५८ खेल खेल्दै ५३ गोल गरेका थिए ।

इब्राहिमोभिचले हाम्मार्बी अनुबन्ध हुँदा रमाइलो र उत्साहित बताएको बताएका छन् ।

माल्मोबाट क्लब फुटबल शुरु गरेका इब्राहिमोभिचले नेदरल्याण्ड्सको अयाक्स, इटलीको इन्टर मिलान, एसी मलान र युभेन्ट्स, स्पेनको बार्सिलोना,  फ्रान्सको पेरिस सेन्ट जर्मेन तथा इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेडबाट पनि व्यवसायिक फुटबल खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment