Comments Add Comment

सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच सहकार्य

११ मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि.,बिच बैंकका ग्राहक महानूभावहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट,प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि. मा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् ।

यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाण्डौ उपत्यकाका चारवटै शाखा कार्यलय (चावहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड) बाट उपलब्ध हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment