+

सागको पुरुष फुटबलमा भारत सहभागी नहुने

२०७६ मंसिर  १२ गते १३:३२ २०७६ मंसिर १२ गते १३:३२
सागको पुरुष फुटबलमा भारत सहभागी नहुने

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा भारत पनि सहभागी नहुने भएको छ । बिहीबार सार्वजनिक खेलतालिका अनुसार सागमा भारतले अन्तिम अवस्थामा आएर सहभागी नहुने बताएको हो ।

यसअघि प्रकाशित खेलतालिकामा भारतलाई समेत समेटिएको थियो । तर अन्तिम समयमा आएर सहभागी नहुने जानकारी गराएपछि ५ देशमात्र खेल्ने गरी खेलतालिका सार्वजनिक गरिएको छ । पाकिस्तानले यसअघि नै सहभागी नहुने बताइसकेको छ ।

अब पुरुष फुटबलमा नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानमात्र सहभागी हुनेछ ।

भारत सहभागी नहुने भएपछि पुरुष फुटबल पनि राउन्ड रोविन लिग हुने भएको छ । डिसेम्बर २ बाट सुरु हुने पुरुष फुटबलमा नेपालले पहिलो खेल डिसेम्बर ३ मा भुटानसँग खेल्नेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय