Comments Add Comment

पोखरामा हुने साग खेलका लागि टिकट बुकिङ शुक्रबारदेखि

साधारण एक सय, सिजनल ५ सय रुपैयाँ

१२ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ खेलका लागि अग्रिम टिकट शुक्रबारदेखि हुने भएको छ । साग सुरु हुन ३ दिन बाँकी छँदा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले अग्रिम टिकट बिक्री सुरु गर्न लागेको हो ।

टिकट व्यवस्थापनको जिम्मा स्रोत साधन परिचालन समितिले लिएको छ । समिति संयोजक सञ्जिवबहादुर कोइराराले साग खेलका लागि साधारणतर्फ सय रुपैयाँ र सिजनलतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको जानकारी दिए । ‘अग्रिम टिकट बुकिङका लागि पोखराका विभिन्न १४ ठाउँ तोकिएको छ,’ उनले भने, ‘बिच भलिबलका लागि भने लेकसाइडलाई नै तोकिएको छ ।’

१३ औं साग अन्तर्गत पोखरामा महिला फुटबल र क्रिकेट, बिच भलिबल, भारात्तोलन, ह्यान्डबल, ट्रायथोलन, आर्चरी र ब्याडमिन्टन हुने तय छ । ८ खेलमध्ये महिला फुटबल र क्रिकेट, ब्याडमिन्टन, ह्यान्डबल र आर्चरी पोखरा रंगशालामा हुने तय छ । ट्रायथोलन र बिच भलिबल लेकसाइडमा हुने छ । भारात्तोलन पोखरा १२ माटेपानीमा सञ्चालन हुने तय छ । खेल मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment