Comments Add Comment

आइएमईको बम्पर उपहारः ५९ हजार पठाएका विरेन्द्रले जिते ४ लाख ७७ हजार

१२ मंसिर, काठमाडौं । आइएमई डबलको डबलको डबल बम्पर उपहार योजनाअन्तर्गतको बिरेन्द्र खान खथवे विजेता घोषित भएका छन् । आइएमईले बिहीबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी गरेको लक्की ड्रमार्फत उनी विजेता घोषित भएका हुन् ।

बिरेन्द्रले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ आइएमई मार्फत नेपालमा नरसिता मण्डलालई पठाएका थिए । उनले पठाएको रकमको ८ गुणा बढी रकम अर्थात ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका हुन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र ब्रान्ड एम्बासडर दिपकराज गिरीले कम्प्युटराईज प्रविधिमार्फत लक्की ड्र गरेर बम्पर उपहार विजेता घोषणा गरेका थिए । कार्यक्रममा नै विजेतालाई सम्पर्क गरेर विजयी भएकोबारे जानकारी दिने प्रयास गरे पनि फोन सम्पर्क हुने सकेन ।

उनलाई चाडै सम्पर्क गरेर जितेको पुरस्कार हस्तान्तरण गरिने आइएमईले जनाएको छ । कम्पनीले नेपालीहरुको ठुला चाड दशैं, तिहार र छठको अबसरमा यो योजना चलाएको थियो । योजना भाद्र १५ देखि कार्तिक मसान्तसम्म ७७ दिनका लागि लागू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment