१२ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपाल, भारतसँग पराजित भएको छ ।
बिहीबार भएको आफ्नो दोस्रो खेलमा खेलमा नेपाल बलियो टोली भारतसँग ३-० को सोझो सेटमा पराजित भएको हो । हालै मात्र सेन्ट्रल जोन भलिबलको उपाधि जितेको नेपालका लागि भारतसँगको खेल परीक्षा थियो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन पनि गरेको थियो । तर २४-२२ को अवस्थामा पुगिसकेको नेपालले जित निकाल्न सकेन । नेपाललाई त्यही अवस्थामा रोक्दै भारतले पहिलो सेटमा २६-२४ को जित निकाल्यो ।
त्यसपछिका दुई सेटमा भारत हाबी भयो । भारतले दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-१६ ले दुबै जित्यो ।
नेपालले पहिलेा खेलमा बंगलादेशलाई ३-० ले हराएको थियो । नेपाल र भारत दुबैको समान ३/३ अंक छ भने बंगलादेशको शुन्य । अब समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई हराए उपविजेताका रुपमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4