
१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला भलिबलमा श्रीलंका र माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह बी मा रहेका यी टिम पाकिस्तान सहभागी नभएपछि सिधै सेमिफाइनल पुगेका हुन् ।
समूह बी मा पाकिस्तान, माल्दिभ्स र श्रीलंका तथा समूह ए मा भारत, नेपाल र बंगलादेश छन् । तर अन्तिम समयमा पाकिस्तान नआएपछि अरु दुई टिम सेमिफाइनलमा पुगेका हुन् । समूह बी को अन्तिम खेल श्रीलंका र माल्दिभ्सबीच हुनेछ, यो खेल जित्ने टिम समूह विजेता बन्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4