Comments Add Comment

ओलम्पिक टर्चलाई पोखरा परिक्रमा

१३ मंसिर, पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को पूर्व सन्ध्यामा शुक्रबार ओलम्पिक टर्च पोखरा आइपुगेको छ । काठमाडौं स्वयम्भुबाट सुरु भएको टर्च शुक्रबार बिहान पोखरा ल्याइएको हो । टर्चलाई ओलम्पियनसहित खेलाडीहरुले पोखरा रंगशालानगर परिक्रमा गराएका थिए ।

राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरी सुरु भएको र्‍याली पोखरा रंगशाला, पृथ्वीचोक, सभागृह हुँदै पुन रंगशाला आएर परिक्रमा गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्‍याली आयोजना गरेको हो । ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पुर्‍याउने लक्ष्यसहित पोखरा आएका हुन् ।

मंसिर १५ गतेदेखि सुरु हुने सागको ओलम्पिक टर्च ¥यालीमा ओलम्पियन टीकाराम श्रेष्ठ, जितबहादुर केसी, मुकुन्दहरि श्रेष्ठ, ज्ञानबहादुर बोहरा, कान्छीमाया कोजु र राजकुमारी पाण्डे सहभागी छन् ।

पोखरामा भएको र्‍यालीमा १३ औं सागका डेपुटी सेभ द मिसनसमेत रहेका नेपाल ओलम्पिक समिति उपाध्यक्ष तेजबहादुर गुरुङ, राष्ट्रिय खेलकुद परिषद सदस्य राजेशकुमार गुरुङ, १३ औं साग स्थानीय सहजीकरण समिति सदस्य मोहन रेग्मीलगायत पदाधिकारी तथा खेलाडीसमेत सहभागी थिए । टर्च नेपालका विभिन्न सहरमा परिक्रमा गरी मंसिर १५ गते पुनः काठमाडौंमा समापन गरिने कार्यक्रम तय छ ।

पोखरा रंगशालामा निशुल्क वाइफाई सुविधा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई लक्षित गरी पोखरा रंगशालामा निशुल्क वाइफाईको व्यवस्था गरिएको छ ।  साग अवधिभर रंगशालामा निशुल्क वाइफाई व्यवस्था मिलाउन स्थानीय सहजीकरण तथा व्यवस्थापन समितिले वल्र्डलिंक कम्पनीसँग सहकार्य गरेको छ ।

रंगशालाभित्र रहेका फुटबल मैदान, क्रिकेट मैदान, बहुउद्देश्यीय कर्भडहल तथा आर्चरी खेल मैदानमा निशुल्क वाइफाईको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment