
१३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदकको आश गरिएकी एथ्लेटिक्सकी एक खेलाडी प्रतियोगिता सुरु हुनु दुई दिनअघि कतारतिर गएकी छन् ।
एथ्लेटिक्स खेलाडी तुलसा खत्री होटल छाडेर हिँडेकी हुन् । एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङकाअनुसार तुलसाले मन्दिर जानु छ, बिहीबार विहान ८ बजेको ट्रेनिङमा आउन नसक्ने भएँ भनेर बुधबार साँझ फोन गरेकी थिइन् । आफूले होटलमा बस्ने र अभ्यास गराउने प्रशिक्षकलाई सोध्न सल्लाह दिए ।
त्यसअनुसार तुलासाले ८ बजे आइपुग्छु भनेर गइन् । विहान साढे ५ बजे पूजा सामाग्री लिएर निस्किएकी थिइन् । त्यसपछि उनी ट्रेनिङमा सहभागी भइनन् ।
‘१० बजे होटल पुग्दा पनि आएकी थिइनन् । फोन गर्दा सम्पर्क हुन सकेन’, गुरुङले भने, ‘करिव डेढ बजेतिर मलाई खबर गरे । बेलुकाको तालिममा पनि नआएपछि रुम पार्टनलाई सोधपुछ गर्दा गुरु उ त कतार गयो भन्ने जवाफ दिइन् ।’
एथ्लेटिक्सका प्रशिक्षकहरुले तत्काल मौखिक जानकारी गराए भने शुक्रबार लिखित जानकारी दिइएको छ । ‘हामीले राष्ट्रिय खेलकुद परिषदलाई पनि जानकारी गराएका छौैं’, १३ औैं सागका डेपुटी सेफ दि मिसन रिम रानाभाटले भने ।
उनले व्यक्तिगत ४ सय मिटरका साथै ४ सय मिटर रिले र हडल्स भाग लिने तय भएको थियो । आठौं राष्ट्रिय खेलकुदमा ४ सय मिटर दौडमा स्वर्ण जितेकी उनले चीनमा भएको सैन्य प्रतियोगितामा नयाँ कीर्तिमान बनाएकी थिइन् ।
मुख्य प्रशिक्षक गुरुङ राष्ट्रको लगानी खेर जाने गरी तुलसाले धोका दिका दिएको प्रतिक्रिया दिए ।
प्रतिक्रिया 4