+
+

कास्की २ मा विद्या भट्टराईको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते ८:४९

१५ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । एउटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ को मतगणना सकिँदा विद्याले ३ हजार २ सय मत ल्याएकी छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मतसहित पछ्याइरहेका छन् ।

वडा नम्बर ३३ मा कूल ७ हजार ९ सय ९१ मतदातामध्ये ५ हजार ६ सय ४३ मत खसेको थियो ।

अहिले वडानम्बर २१ को मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?