Comments Add Comment

भरतपुर विमानस्थल आजदेखि १० दिनसम्म बन्द

१५ मंसिर, चितवन । चितवनको भरतपुर विमानस्थल आज आइतवारदेखि १० दिन बन्द हुने भएको छ ।

विमानस्थलको रनवे ओभरले तथा पार्किङ विस्तारका लागि भन्दैं मंसिर २४ गतेसम्म विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने ‘नोटाम’ जारी गरिसकेको छ । यो जारी भएपछि विमान कम्पनी तथा चालकहरुलाई भरतपुर विमानस्थलमा काम भैरहेको र हाल बन्द रहेको सूचना जानकारी हुन्छ । ‘मंसिर १५ गतेबाट १० दिन बन्द गरेर करीव १२ सय मिटरको धावन मार्गमा ओभरले गछौं, पार्किङ पनि विस्तार गरेर सुविधायुक्त बनाउँछौं’ विमानस्थल प्रमुख पवन गौत्तमले भने ।

विमानस्थलको रनवे ठाउँठाँउमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गर्ने योजना बनाइएको प्रोजेक्ट इन्चार्ज हिमज्योती थापाले बताए ।

विमानस्थल ओभर ले गर्दा ६० एमएमको पिच हुनेछ । रातिको समयमा चिसो मौसम भएकोले काम गर्न नसक्ने तथा दिउँसोमा विमानहरुका कारणले काम गर्न असहज भएकोले बन्द गरेर नै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ ।

७०/७० मिटर रहेको पार्किङलाई बढाएर ९०/८० को बनाउन खोजिएको छ । अहिले साना जहाज चारबटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रैं अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टैं तयार हुन्छ । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैंया लागत अनुमान गरिएको छ ।

६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । भरतपुरमा बुद्ध, यती र सिमि्रक एयरलाइन्सले उडान गर्ने गरेका छन् ।

भरतपुर-काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर-पोखरा एक-एक उडान गर्दै आएका छन् । यो विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदैं आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment