Comments Add Comment

बाग्लुङमा कांग्रेसलाई जनमोर्चाले उछिन्यो (अपडेट)

१५ मंसिर, काठमाडौं । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ-२ (ख)मा राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले अग्रता लिएका छन् । उनले ३ हजार ५१४ मत ल्याएका छन् । शाहीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समर्थन छ ।

कांग्रेसका जितबहादुर शेरचनको ३ हजार ४० मत पुगेको छ । यो परिणाम ६ हजार ९०० मत गणना हुँदासम्मको हो ।

२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए । त्यतिबेला काँग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट थियो ।

सत्तारुढ समाजवादी पार्टीका अशोक विकको १३२, राप्रपा (संयुक्त)का निमबहादुर भण्डारीले १२, राष्ट्रिय जनमुक्ति पार्टी यामबहादुर आलेले ७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राईले ३ मत, मंगोल नेसनल अर्गनाईजेसनका मित्रबहादुर मगरले १ मत  ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीको १६ मत छ ।

अर्का स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ५१ मत पाएका छन् । नेकपाका स्थानीय नेता घर्तीले जनमोर्चाकै शाहीलाई समर्थन गरेका थिए ।

सहमति अन्तिम समयमा भएकाले उनको उम्मेदवारी फिर्ता भएन ।

कमल थापा नेतृत्वको राप्रपाले खाता खोल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment