Comments Add Comment

आफ्नै मतसमेत नपाउने यी १९ उम्मेदवार

१५ मंसिर, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१० मा वडाध्यक्षका लागि भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नुर मोहम्मद मनिहारले शून्य मत पाए । यो वडामा पार्टीबाट उम्मेदारी दिएर शून्य मत ल्याउने नुर मात्रै हुन ।

तर एक भोट पनि ल्याउन नसक्ने स्वतन्त्र उम्मेदवार भने चार जना छन् । मोहम्मद रफिक मनिहार, शिवनारायण कुर्मी, शिवभक्त ठाकुर र शिवलाल यादवको एक/एक भोट पनि आएन ।

यो वडामा कुल १७ सय २२ मत खसेको थियो ।

यस्तै, सिराहाको कल्याणपुर–१२ को वडाध्यक्षका लागि भएको मतदानमा चार स्वतन्त्र उम्मेदवारले शूय मत पाए । यसरी आफैलाई मत नदिनेमा गौरीशंकर यादव, श्यामबाबु दास, सूर्यनारायण राय र हेबु मुखिया छन् ।

कल्याणपुर–१२ मा २ हजार ४८० जनाले मतदान गरेका थिए ।

महोत्तरी बलवा–८ मा सुवोध साह, रामचन्द्र महतो कोइरी, रामवृक्ष सहनी, सुरेश महतो र सोगिन्दर महतो तथा बलवा–२ मा सुवोध साहले पनि एक भोट ल्याएनन् ।

बलवा–८ मा एक हजार २५८ र बलवा–२ मा एक हजार १५४ मत खसेको थियो ।

रौतहट गढीमाई–२ मा नथुनी पासवान, विनय साह तेली, सकुर मिया र हविब रायले आफ्नै समेत भोट पाएनन् । यो वडामा एक हजार ५४९ जनाले मताधिकार प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment