+
+
Shares

केराको भाउ हालसेलमै प्रतिदर्जन ३०० रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजारमा केराको थोक मूल्यमा प्रतिदर्जन २५ रुपैयाँले वृद्धि भएको छ ।
  • बुधबार केराको औसत थोक मूल्य प्रतिदर्जन दुई सय ५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
  • भारतबाट केरा आयात रोकिएकाले स्थानीय बजारमा मूल्य वृद्धि भएको व्यवसायीहरूले उल्लेख गरेका छन् ।

६ साउन, काठमाडौं । स्थानीय बजारमा केराको भाउ निरन्तर उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार केराको भाउ बढेको देखाएको हो ।

आज बुधबार केरा प्रतिदर्जन थोकमा न्यूनतम २०० देखि अधिकतम ३०० र औसत २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो बिहीबारको तुलनामा यो मूल्य प्रतिदर्जन औसत २५ रुपैयाँ महँगो हो । हिजो मंगलबार केरा प्रतिदर्जन थोकमा न्यूनतम २०० देखि अधिकतम २५० र औसत २२५ रुपैयाँमा किनबेच भएको थियो ।

थोक बजारमै केराको भाउ महँगो भएपछि खुद्रा बजारमा उपभोक्ता झन् महँगो मूल्य तिर्न बाध्य हुनेछन् । भारतबाट केरा आयात रोकिएपछि किसानले बारीबाटै महँगो मूल्यमा केरा बेचेकाले उपभोक्तालाई पनि महँगो मूल्य परेको व्यवसायीहरूले दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?