Comments Add Comment

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका चौधरी विजयी

१५ मंसिर, महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विक्रम चौधरी निर्वाचित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको गाउँपालिकामा तत्कालिन प्रमुख प्रतिस्पर्धी चौधरीले बाजी मारेका हुन् ।

आइतबार साँझ मतगणना सकिँदा ३ हजार २४९ मत प्राप्त गरी चौधरी निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी समाजवादी पार्टीका रामजानकी यादव ३ हजार ४१ मतमा रोकिए । यादव चुनावको मुखैमा टिकट नपाएपछि नेकपा छाडेर समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

त्यस्तै राजपाकी रविताकुमारी चौधरीले २ हजार ९६६ मत प्राप्त गरेकी छन् भने कांग्रेसका बिजयकुमार यादवले १ हजार ९३५ मत प्राप्त गरे । सिके राउतको जनमत पार्टी प्रतिस्पर्धामा आउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment