+

मेस्सीको निर्णायक गोलमा बार्सिलोनाकाे जित

२०७६ मंसिर  १६ गते १०:३३ २०७६ मंसिर १६ गते १०:३३
मेस्सीको निर्णायक गोलमा बार्सिलोनाकाे जित

१६ मंसिर, काठमाडौं । ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ।

कप्तान लिओनल मेस्सीले ८६औं मिनेटमा निर्णायक गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् ।

जितपछि बार्सिलोना १४ खेलबाट ३१ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। रियल मड्रिडको पनि समान खेलबाट ३१ अंक नै छ ।

तर गोलअन्तरमा दोस्रो स्थानमा छ । एट्लेटिको १५ खेलबाट २५ अंकसहित छैटौं स्थानमा छ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय