+
+
Shares

अध्यापन अनुमतिपत्र नक्कली भएको आरोपमा शिक्षकविरुद्ध भ्रष्टचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १९:४६

१६ मंसिर, काठमाडौं । अध्यापन अनुमतिपत्र नक्कली भएको आरोपमा दाङमा कार्यरत एक जना शिक्षकविरुद्ध मुद्धा दायर गरिएको छ ।

दाङको गुरू जजुर माध्यमिक विद्यालय रक्षाचौरमा कार्यरत राहत शिक्षक टेकमान थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ ।

निमावि तहको अध्यापन अनुमति-पत्र नक्कली भएको उजुरी परेपछि उनीविरुद्ध अनुसन्धान गर्ने क्रममा अध्यापन अनुमतिपत्र नक्कली भेटिएको दाबीसहित उनीविरुद्ध अख्तियारले मुद्धा दायर गरेको हो ।

थापाले झुट्टा एवं नक्कली अध्यापन अनुमति-पत्र पेश गरी राहत शिक्षकको रूपमा कामकाज गरेको पाइएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबीसहित मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?