+
+
Shares

मंसिर २१ मा ऋचाको बिहे

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते ११:२३

नायिका ऋचा शर्माको बिहे चर्चा केही समयदेखि चलिरहेको छ । केही समय अगाडि ब्याचलर पार्टीमा सहभागी भएसँगै ऋचाको बिहे चर्चा सुरु भएको हो । ऋचाले पनि लामो समयदेखि घरबाट बिहेका लागि दबाब आएको बताउँदै आएकी थिइन् । उनै नायिका शर्माले, आफ्नो सामाजिक संजालको माध्यमबाट बिहेको साइत सार्वजनिक गरेकी छिन् ।

ऋचाले डिसेम्बर ७ अर्थात मंसिर २१ गते बिहे गर्न लागेको उल्लेख गरेकी छिन् । ऋचाले आफूहरुलाई प्रेम दर्शाउने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

ऋचा केही समयदेखि दिपेश विक्रम राणाको प्रेम सम्बन्धमा छिन् । दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रियक नायिका शर्माले बिहेको मिति सार्वजनिक गरेसँगै अब उनको घरजम पनि पक्का भएको छ । उनी अहिले ‘कमेडी च्याम्पिएन’ नामक रियालिटी शोको निर्णायक समेत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?