Comments Add Comment

नेपालमा नयाँ पद्धतिबाट ‘ब्रेन एन्युरिजम’को उपचार

१७ मंसिर, काठमाडौं । न्युरो इन्टरभेन्सन (शल्यक्रिया नगरी गरिने उपचार) पद्धतिबाट ब्रेन एन्युरिजमको नेपालमा सफल उपचार भएको छ ।

राजधानीको ह्याम्स अस्पतालले न्युरो इन्टरभेन्सन पद्धतिबाट २० वर्षीया महिलाको सफल उपचार गरेको हो । यसअघि शल्यक्रियामार्फत ब्रेन एन्युरिजमको उपचार हुँदै आइरहेको थियो ।

ह्याम्स अस्पतालले वरिष्ठ न्युरो सर्जन तथा न्युरोइन्टरभेन्सनल सर्जन डा.मनोज बोहराको टिमले नयाँ प्रविधिबाट एन्जुरिजमको उपचार गरिएको जनाएको छ । एन्जुरिजम मस्तिष्कको रगतको नली फुलिएर बेलुन जस्तो हुने रोग हो । जुन फुटेमा ब्रेन ह्यामरेज (मस्तिष्क घात) भएर बिरामी अशक्त हुने तथा ज्यानै जानसक्ने खतरा हुन्छ ।

डा.बोहराको भनाइअनुसार नेपालमा अत्यन्तै नौलो उपचार पद्धतीका रुपमा शुरु भएको न्यूरो इन्टरभेन्सनबाट मस्तिष्कमा एन्युरिजमको अतिरिक्त स्ट्रोक (पक्षघात) को पनि उपचार गर्न सकिन्छ ।

स्ट्रोकको उपचारमा हात वा खुट्टाको रक्तनलीबाट विभिन्न किसिमका तारहरुको माध्यमबाट मस्तिष्कमा बन्द भएको रक्तनलीमा पुर्याइन्छ र त्यसपछि स्टेन्ट तथा अन्य तरिकाले अवरुद्ध गर्ने क्लटलाई बाहिर निकाली पुनः रक्तसञ्चार गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment