+
+
Shares

प्रदिपको डर विनाको रचनात्मक जीवन जिउने चाहना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १२:३०

नायक प्रदिप खड्का यूवापुस्तामा चलेको नाम हो । नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै स्टारको रुपमा चिनिएका प्रदिप कहिले सफलता त कहिले असफलताको स्वाद चाख्दै अगाडि बढिरहेका छन् ।

उनै, प्रदिप खड्का अभिनित पछिल्लो २ चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लिए । उनले अभिनय गरेका ‘रोज र लभ स्टेशन’ बक्स अफिसमा नचल्दा उनलाई समस्या पनि भयो ।

प्रदिप अहिले आफ्नो क्रेजलाई पहिलेकै स्थानमा फर्काउनका लागि मिहिनेत गरिरहेका छन् । कलाकारको मनमा डर धेरै खेल्छ । करिअरमा आउने उतारचढाव, भविष्यको चिन्ता र दर्शकको प्रतिक्रियाको डरमा कलाकार सधै रहन्छन् ।

प्रदिप भने यस्तो डरले रचनात्मक जीवन जीउन नसकिने ठान्छन् । उनी लेख्छन्–‘एउटा रचनात्मक जीवन विताउन, हामी गलत हुनुको डरलाई हराउनुपर्ने हुन्छ ।’

उनको भनाइबाट पनि के वुझिन्छ भने, उनी करिअरमा निर्धक्क रुपमा काम गर्न चाहन्छन् । कुनै डर विना नै उनी उत्कृष्ट चलचित्रमा काम गर्न चाहन्छन् । आशा गरौ, प्रदिपका आगामी प्रोजेक्टमा उनको डर देखिनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?