+
+
Shares

मिलन सुर्खेतीको ‘पहिलो भेटमै’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १३:२०

गायक मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’को भिडियो रिलीज भएको छ । योगेन ढोलीको शब्द रचना भएको यस गीतमा गायक सुर्खेती आफैले संगीत भरेका छन् ।

२५ वटा गीतमा आवाज दिएका सुर्खेतीले हालै मात्र ‘पहिलो भेटमै’ गीत सार्वजनिक गरेका हुन् । मुस्ताङ्गमा छायांकन गरिएको यस गीतको भिडियोलाई नबिन पुरीले निर्देशन गरेका छन् भने संजय लामाले छायांकन गरेका छन् । भिडियोमा जितेश प्रधान र टिकटक स्टार एलिशा पुन मगरले अभिनय गरेका छन् ।

बनिश शाहले सम्पादन गरेको यस भिडियोलाई रेनिश फागोले कलर ग्रेडिङ्ग गरेका छन् भने शिशिर खातीले कोरियोग्राफी गरेका छन् । यस गीतका निर्माता राजेश मास्के हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?