
१६ मंसिर, काठमाडौं । धेरै नेपालीको सपना अमेरिका बेलायत जाने र त्यहीँ बस्ने हुन्छ । अमेरिका पुगेकाहरु फर्केर नेपालमै काम गर्ने गरी आउँछन् भन्ने त धेरैले कल्पना नै गर्दैनन् ।
तर केही यस्ता उत्साही युवा पनि छन्, जो अमेरिका बेलायत बाट नेपाल फर्केर नयाँ र रचनात्मक काम गरेर बसिरहेका छन् । यस्तैमा पर्छन् आमिगो खड्का, राहुल मल्ल ठकुरी र सन्दीप सुवेदी ।
यी तिनजना मध्ये आमिगो र सन्दिप पढ्नका लागि केही बर्षअघि अमेरिका गएका थिए । तर अमेरिकामा धेरै समय अडिएनन्, नेपाल फर्केर विभिन्न कम्पनीमा काम गर्न थाले । राहुल मल्ल ठकुरी भने पढ्नका लागि भारत अनि बेलायत गएका थिए ।
तर अरुको काममा पनि चित्त बुझाएनन् । छिटै आफैले व्यवसाय सुरु गरिहाले । अहिले उनीहरुले सञ्चालन गरेको उपाय सिटी कार्गोले धेरैलाई सहज बनाएको छ । उपाय सिटी कार्गोले काठमाडौं उपत्यकाभित्र अनलाइनमार्फत सुलभ मूल्यमा माल सामान ओसार्ने गाडीको उपलब्ध गराउने गरेको छ । अहिले उनीहरुको मोबाइल एप्समार्फत सामान बोक्न मिल्ने टाटा ऐस, टाटा मोटर्सलगायतका कम्पनीका गाडी अनलाइन बुकिङ गर्न सकिन्छ । हाल १५ सय ग्राहक र ३ सय भन्दा गाडी र चालक उयनीहरुको एप्समा आवद्ध भइसकेका छन् ।
यि तिनै जना युवालाई गाइड गर्ने भने विभिन्न क्षेत्रमा काम गरिरहेका अनुभवी सेयरहोल्डरहरु र प्रवद्धकहरु छन।
काठमाडौं उपत्यकामा घर, कोठा÷फ्ल्याट र अफिस सार्ने काम धेरै भइरहन्छ । तर यस्ता कामका लागि सामान सार्ने गाडी पाउन, मूल्य मिलाउन र समयमा काम लिन धेरै समस्या पर्ने गरेको छ । उनीहरुको अध्ययनले मानिसहरु यस्तो काम सहज ढंगले होस् भन्ने चाहेको पाएपछि अनलाइनबाट सामान बोक्ने गाडी बुकिङ गर्न मिल्ने व्यवसाय सुरु गर्ने सोच बनाए ।
उपाय सिटी कार्गो कम्पनी सुरु भएको एक वर्ष भयो । कम्पनी सुरु गरेर उनीहरुले तीन महिना बजार अनुसन्धान गरे । आमिगोले अपरेसन लिड गर्ने काम जिम्मा लिए । राहुल ग्राहकको समस्या बुझ्न खटिए । सन्दीप गाडीवालाको समस्या बुझ्न लागे ।
आमिगो खड्का भन्छन् ‘पहिले हामीले ग्राहकले कसरी सामान ओसार्ने गर्दा रहेछन्, गाडीले सामान ओसार्दा केके समस्या हुँदोरहेछ, डाइभर र गाडीको समस्या बुझेपछि हामीले त्यही अनुसार योजना बनाएर काम सुरु गर्यौं ।’
मार्केटिङ प्रमुख मल्ल ठकुरीले ग्राहकले भनेको समयमा गाडी नपाउने, पाए पनि गाडी भाडाको विषयमा विवाद हुने, ओर्सादा सामान टुटफुट भए ग्राहक रिसाउने, गाडीवालाले पनि आफ्नो गल्ती होइन भन्ने प्रवृत्ति देखिएको बताए । उनले बजारमा ग्राहक र गाडीवालाबीच धेरै ग्याप पाए । गाडी पाए पनि भाडामा कुरा नमिल्ने, समयमा गाडी नआइपुग्ने, सामानको सुरक्षा नहुने जस्ता समस्या देखिए । आफूहरुको सेवाबाट धेरै ग्राहक खुशी भएको मल्ल ठकुरीले बताए । ‘जसले हाम्रो सेवा लिनुहुन्छ उहाँहरुले हामीलाई फेरि पनि बोलाउनुहुन्छ’ उनले भने ।
गाडीवालाको समस्या बुझ्न खटिएका सन्दीपले गाडीवालाले दिनमा एक/दुई टिप मात्रै काम पाउने र बाँकी समय फुर्सद हुँदा कामप्रति सन्तुष्ट हुन नसकेको पाएका थिए । उनीहरु पनि उपाय सिटी कार्गोको एप्समा जोडिएपछि सजिलो भएको बताउँछन् ।
यो कम्पनीले काठमाडौंमा रहेका विदेशीको भने ठूलो समस्या हल गरिदिएको छ । विदेशीहरु आफ्नो देशमा सामान सार्ने गाडी प्राय एप्समार्फत नै लिने गर्थे । तर नेपालमा यस्तो सेवा नहुँदा समस्यामा थिए । यहाँ भाषा नबुझ्ने, गाडी भाडा थाहा नहुने, समयमा सुरक्षित ढंगले पु¥याउने हो कि होइन भन्ने समस्या हल गरिदिएको छ ।
पछिल्लो समयमा घरमा बसीबसी अनलाइनमार्फत सेवा खोज्ने नेपालीको संख्या बढिरहेको छ । तर धेरै नेपालीमा यस्तो बानी छैन । यसमा विस्तारै बानी पर्दै जाने सञ्चालक बताउँछन् ।
यो कम्पनीले घर सर्नुपरेमा, फर्निचर पसल, हार्डवेयर पसल, कन्सट्रक्सनका सामान सार्नुपरेमा सुलभ मूल्यमा सेवा दिने गर्छ । त्यसका लागि मोबाइल एप्समार्फत सामान बोक्न मिल्ने गाडी, टाटा मोटर्सलगायतका कम्पनीका गाडी बुकिङ गर्न सकिन्छ ।
बुकिङ गरेको उक्त गाडी ग्राहकले दिएको ठेगानामा तत्काल आइपुग्छ । त्यसपछि भनेबमोजिमका सामान सम्बन्धित ठाउँमा पु¥याउने काम गर्छ । उपाय सिटी कार्गोले बजारमा भन्दा २५ प्रतिशत सस्तो मूल्यमा सेवा दिँदै आइरहेको सञ्चालकको दावी छ । अमिगो भन्छन् ‘सेवा लिनुअघि ग्राहकले कुन ठाउँदेखि कुन ठाँउसम्म कति भाडा पर्छ भन्ने थाहा पाउँछ, चित बुझे बुकिङ गर्छन् ।’
उपाय सिटी कार्गोको सेवा लिएपछि ग्राकहरुले भ्याट बिल पनि पाउँछन् । सामान बोकेको गाडी कहाँ आइपुग्यो भन्ने पनि एप्समार्फत हेर्न सक्छन् । हाल उतm कम्पनीमा २५ जनाभन्दा बढीले रोजगारी पाएका छन् ।
प्रतिक्रिया 4