+

बहराइनविरुद्ध नेपाल बलिङ गर्दै

२०८२ जेठ  १ गते ११:५७ २०८२ जेठ १ गते ११:५७
बहराइनविरुद्ध नेपाल बलिङ गर्दै

१ जेठ, काठमाडौं । थाइल्याण्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

केहबेरमा बैंककस्थित टेरथाई ग्राउण्डमा सुरु हुने खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै छ । बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

समूह चरण पार गर्दै सुपर थ्री मा पुग्ने सम्भावना कायम राख्न नेपालले आज बहराइनलाई हराउनैपर्नेछ । समूह सी मा हङकङ ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ ।

समूह विजेता मात्र सुपर थ्री मा पुग्ने भएकोले नेपालले हङकङलाई पछि पार्नुपर्नेछ । त्यसका लागि नेपालले आजको खेल जितेर २ अंक जोड्नुपर्नेछ । यस्तै समूहको अन्तिम खेलमा बहराइनले हङकङलाई हराउनुपर्नेछ ।

यदी नेपाल आज जित्ने र हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाका कारण रद्ध भएमा नेपाल र हङकङको समान ५ अंक हुनेछ । यस्तोमा नेटरनरेट निर्णायक हुनेछ ।

यसअघि ५ ओभरमा छोट्याइएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको थियो । यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने ५ ओभरमा छोट्याइएको अर्को खेलमा पराजित भएको थियो ।

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय