
१७ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा भारतले विजयी सुरुवात गरेको छ ।
मंगलबार पोखरा रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ५–० ले पराजित गरेको हो । छैठौं मिनेटमा डेंगी ग्रेसको गोलमा अग्रता लिएको भारतका लागि एनजी बालादेवीले २६ औं र ३५ औं मिनेटमा गोल गरिन् ।
त्यस्तै ८७ औं मिनेटमा मनिषा र ८८ औं मिनेटमा जगमानी टुडुले गोल गरेपछि भारतले फराकिलो जित हासिल गरेको हो । भारतकी कप्तान असलतादेवीले मैदान राम्रो भएको भए अझै फराकिलो अन्तरले पराजित गर्न सकिने प्रतिक्रिया दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4