काठमाडौं । नेपालले १३औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट चुकेको छ । मंगलबार भएको निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३-२ को सेटमा हराएको हो ।
पहिलो पटक सागमा फाइनलमा पुगेको महिला भलिबल टोलीको हौसला बढाउन उपपराष्टपति नन्दबहादुर पुन, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आफैं त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुगेका थिए ।
दर्शकहरुको पनि राम्रो समर्थन रहृयो ।
खेलको पहिलो सेट भारत २५-१७ ले जितेको थियो । तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५-२४ र तेस्रो सेट २५-२१ ले जित निकाल्न सफल भयो ।
प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको पक्षमा रहृयो । उसले २५-२०ले जित्यो र अन्तिम सेटबाट स्वर्णको छिनोफोनो हुने भयो ।
तर त्यो सेटमा नेपालले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेन र १५-६ को हार व्यहोर्यो ।
यद्यपि रजत सागमा नेपालले महिला भलिबलमा पाएको सबैभन्दा ठूलो पदक हो । यसअघि नेपालले तीन पटक काश्य जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेकाे थियाे ।
खेलका क्रममा देखिएका केही दृश्यः



तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर