Comments Add Comment

उसुमा दीपक हमालले जिते स्वर्ण

१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ ।

बुधबार दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् । उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् ।

हमालले पहिलो सागमा नै स्वर्ण जितेका हुन् ।

‘सागमा स्वर्ण जित्ने सपना आज पूरा भएको छ, एकदमै खुसी लागेको छ’, उनले भनेका छन् ।

हालै मात्र चीनको सा‌ंघाईमा भएको वल्र्ड च्याम्पियनसिपमा उनको प्रदर्शन राम्रो थियो । ५४ सहभागीमध्ये उनी नवौं भएका थिए । ‘यो धेरै वर्षपछि नेपालको राम्रो जिल्ट थियो । त्यसमाथि होम ग्राउण्ड भएकाले गोल्ड जित्छु भन्ने थियो’, उनले सुनाए ।

यद्यपि, भारतका साजन लामा अनुभवी खेलाडी भएकोल केही डर लागेको हमाल बताउँछन् ।

स्वर्णको खुसी मनाउने क्रममा उनले परिवार र गुरुहरुलाई सम्झिए । उनले अघि भने, ‘२०२० डिसेम्बरमा दिल्लीमा एसियन च्याम्पियन हुँदैछ । त्यसमा मेडल छुने धोको छ ।’

मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्‍याएको छ ।

अहिले १३ औं साग प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू जारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment