Comments Add Comment

‘साङ्लो’ गीतमा निकिताको प्रशंसा, हलमा के होला ?

केही दिन अगाडि मात्र चलचित्र ‘साङ्लो’को पहिलो गीत सार्वजनिक भएको थियो । सार्वजनिक ‘चरीले काफल टिप्यो’ बोलको गीतले रिलिज भएको ६ दिनमा नै १० लाख बढी भ्युज पाएको छ । भिडियोमा नायक विराज भट्ट र पूर्व मिस नेपाल निकिता चण्डकलाई फिचरिङ गरिएको छ ।

केही समयको विश्रामपछि नेपाली चलचित्रमा आएका विराजलाई धेरै दर्शकले प्रतिक्षा गरिरहेका छन् । उक्त गीतको भिडियोमा आएका प्रतिक्रियाले पनि दर्शक उनलाई प्रतिक्षा गरिरहेका छन् भन्ने देखाउँछ ।

तर, युटुबमा आउने भ्यूज र प्रतिक्रियाले मात्र पनि चलचित्रको मेकर मख्ख परिहाल्नु घातक हुनसक्छ । किनकी, युटुबमा प्रचार सामाग्री हिट भएर हलमा दर्शक नै नपाएका चलचित्रको संख्या धेरै छ । युटुबमा प्रतिक्रिया दिने दर्शकले डेब्यू नायिका निकिता चण्डकको पनि प्रशंसा गरेका छन् । धेरैले निकिताले उत्कृष्ट काम गरेको उल्लेख गरेका छन् । निकिताको नृत्य र उनको हाउभाउलाई दर्शकले राम्रो भनेका छन् ।

एउटा गीतमा गरेको अभिनयकै आधारमा निकितालाई अब्बल कलाकार भनिहाल्न मिल्दैन । तर, उनले यो गीतको भिडियोमा आफूलाई अब्बल सावित गर्ने आधार भने देखाएकी छिन् । राजनराज सिवाकोटीको शब्द तथा संगीतलाई पनि दर्शकले रुचाएका छन् । गीतमा राजनराज र मिलन आमात्यको स्वर छ ।

निकिता चण्डकका लागि यो चलचित्र विशेष पनि छ । किनकी, चलचित्र क्षेत्रमा लागेर अधिकांश मिस नेपालका विजेताहरु असफल भैरहेको अवस्थामा उनका लागि यो ट्याग हटाउनुपर्ने चुनौती छ ।
माघ २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई विराजले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment