+
+
Shares

धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १४:०४

१८ मंसिर, धरान । धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । त्यसैगरी  धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गरेका थिए ।

मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका थिए । उनले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै कम्युनिष्टको विरासत तोडेका थिए । यस्तै, धरान ७ को वडाअध्यक्षमा नेकपाका जीवनराज सुवेदी विजयी भएका थिए । उनले मंगलबार नै पदभार ग्रहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?