Comments Add Comment

चाउचाउ स्वादिलो बनाउन कति हानिकारक तत्व मिसाइन्छ ?

नेपालमा स्वास्थ्यमा गम्भीर असर हुन्छ भन्ने यकीन हुँदा हुँदै पनि धेरै मानिसहरुले तयारी चाउचाउको प्रयोग गर्ने गरेका छन् । स्वाद र व्यस्तताका कारण नेपालमा चाउचाउको प्रयोग भारी मात्रामा बढेको बताइएको छ । नेपाल विश्वमा नै सबैभन्दा धेरै चाउचाउ खाने मुलुकहरुको बीचमा छ । विश्वको सर्वाधिक चाउचाउ प्रयोग हुने देशको सूचीमा चीन पहिलो नम्बरमा छ भने चौथो नम्बरमा भारत रहेको छ । यिनै धेरै प्रयोगकर्ताहरुको बीचमा रहेको नेपालले पनि एक दिनमा नै ४० लाख प्याकेट चाउचाउ खपत गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

के हुन्छ चाउचाउमा खराबी ?

चाउचाउको खराबी तत्कालै देखिने खालको हुँदैन । कुनैपनि तयारी चाउचाउ लामो समयसम्म प्रयोग गर्न सकियोस् भन्ने हिसाबले बनाइएको हुन्छ । जसको लागि उनीहरुले अत्यधिक प्रशोधन गरेर बजारमा पठाउने गरेका हुन्छन् । ती खानाहरुमा पौष्टिक सामग्रीहरु कम हुन्छन् भने फ्याट, क्यालोरी र सोडियम उच्च मात्रामा पाउने गरिएको हुन्छ । साथमा सुन्दर र मीठो देखाउनको लागि कृतिम रंगहरु, संरक्षणको लागि केमिकलहरु र थप फ्लेवरहरु समेत मिसाईएको हुन्छ । यो पनि स्वास्थ्यको लागि असरदायक हुन्छ ।

अधिकांश समय मोनो सोडियम ग्लुटामेट जसलाई हामी अजिनोमोटो नामले चिन्ने गर्छौं । त्यसका साथै टेटरियरी-बुटेल हाइड्रोक्विनोन (टीबीएचक्यु) र पेट्रोलियम उद्योगबाट प्राप्त हुने रासायनिक पदार्थहरुको समेत प्रयोग गर्ने गरिन्छ । यी पदार्थहरुका कारण नै चाउचाउ हानिकारक हुने गर्छ ।

गत वर्ष वाशिंगटन पोष्टले दक्षिण कोरियाली नागरिकहरुले खाने तयारी चाउचाउको मानव स्वास्थ्यमा परेको प्रभावको बारेमा एउटा अध्ययन गरेको थियो । “इन्स्ट्यान्ट नूडल्स (तयारी चाउचाउ) सुविधाजनक र स्वादिष्ट खाना भए पनि त्यसमा हुने मेटाबोलिक सिन्ड्रोमले खानामा उच्च सोडियम, अस्वस्थ्यकर चिल्लो पदार्थ र ग्लाइसेमिक भारका कारण जोखिम बढाउने गरेको छ ।’ सोही अध्ययनमा संलग्न हृयुन शिनलाई उद्धृत गर्दै वासिंटन पोष्टले जनाएको छ ।

सो अध्ययनका अनुसार हप्तामा दुई पटक वा सोभन्दा बढी इन्स्टन्ट नुडल्स खाएकी एक महिलाहरूकोमा कम चाउचाउ खाएका महिलाहरुको तुलनामा मेटाबोलिक सिन्ड्रोमको जोखिम बढी भएको भेटिएको छ । सो अध्ययनको निष्कर्षमा अत्यधिक तयारी चाउचाउ उपभोगले मोटोपना बढाउने मात्र नभई मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी समस्या जस्ता नसर्ने रोगहरु समेत निम्तिने गरेको उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस चाउचाउ : छिटो-मीठो खाजा कि मन्द विष ? 

चाउचाउमा मैदाको असर

धेरै जसो तयारी चाउचाउहरु मैदाबाट बनेको हुन्छ । त्यसमा गहुँको पिठोको पनि मिश्रण हुन्छ । हाम्रो स्वास्थ्यको लागि मैदा सबै अवस्थामा खराब हुँदैन । तर, चाउचाउमा प्रयोग गरिने मैदा धेरै प्रशोधन गरेर बजारमा पठाउने भएकोले यो पोषणबिहीन भइदिने पोषणविद्हरु बताउँछन् ।

बोसोको नराम्रो असर

सो अध्ययनमा लागेकी न्यूयोर्क विश्वविद्यालयकी प्राध्यापक लिसा योङ भन्छिन् ‘तयारी चाउचाउमा उच्च मात्रामा चिल्लो पदार्थ, उच्च मात्रामा नुन र उच्च मात्रामा क्यालोरी प्रयोग गरिएको हुन्छ । साथमा त्यसलाई प्रशोधन पनि गरिएको हुन्छ । तयारी चाउचाउहरुमा स्याचुरेटेड ˆयाटहरू पर्याप्त मात्रामा पाइन्छ । जसको मात्रा धेरै हुँदा वा नियमित रूपमा सेवन गर्दा रगतमा कोलेस्ट्रोलको स्तर बढ्न जान्छ । उच्च कोलेस्ट्रोल हुँदा हृदय रोगको खतरा साथै मधुमेहको सम्भावना पनि बढ्छ ।’

कसरी बनाइन्छ चाउचाउ ?

चाउचाउ मुख्यतया गहुँको पीठोबाट बनेको हुन्छ । यसमा बेसारको सहयोगमा यसलाई पहेँलो बनाउने गरिन्छ । यसमा मसालाको साथमा सुकेका तरकारी र प्रशोधन गरिएको तेलको प्रयोग गर्ने गरिन्छ । त्यसपछि तयारी चाउचाउ बनाउने ठाउँमा अण्डाहरू, कुखुरा आदिलाई मिसाउने गरिन्छ । यसरी सबै सामग्रीहरु राखिसकेपछि त्यसलाई कुनै भाँडोमा राखेर त्यसको गुणबत्ता परीक्षण गर्ने गरिन्छ । त्यसपछि थोरै पानीको समेत सहायताले सबै सामग्रीहरुलाई स्वचालित यन्त्रले नै धुलो बनाउने गरिन्छ । त्यसपछि अर्काे मेसिनमा राखेर त्यसलाई रोलिङ गरिन्छ । त्यही पिठोलाई अर्काे मेसिनले छिद्र छिद्र बनाइन्छ । यसरी विभिन्न किसिमको १२ प्रक्रियाद्वारा चाउचाउ बनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment