+
+
Shares

ओलीको आह्वानमा झलनाथ सकारात्मक, अघि सारे ४ शर्त

‘हामी जुनसुकै वामपन्थी शक्तिसँग एकता सुरु गर्न तयार छौं,’ झलनाथ खनालले भने, ‘यसको सुरुवात एमाले वा अरुसँग पनि हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते २२:२७

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शुक्रबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको अपिललाई सकारात्मक रुपमा ग्रहण गरेको बताएका छन् ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले विशेषगरी चार बुँदा प्रस्तुत गर्दै त्यसमा सकारात्मक भएर एमाले अघि बढेमा एकताको सुरुवात हुनसक्ने बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन र पछिल्लो समसामयिक राजनीतिबारे चर्चा गर्दै पार्टी छाडेकाहरूलाई घर फर्कन आह्वान गरेका थिए ।

ओलीको उक्त आह्वानबारे खनालले भने, ‘यो आह्वानलाई सामान्यतया: हामी सकारात्मक नै लिन्छौं ।’

तर, एमालेसँग एकताका लागि मुख्य चार कुरामा सहमति हुनुपर्ने खनालको भनाइ छ ।

पहिलो, मार्क्सवाद, लेनिनवादलाई मात्रै मार्गदर्शक सिद्धान्त मान्नुपर्छ । यो जबज आदी लगायतका विषयमा रहने कुरा हुँदैन ।

दोस्रो, अहिले समाजवादी क्रान्तिको युगमा हामी छौं । हामी समाजवादी क्रान्ति अघि बढ्नुपर्छ भन्ने मान्नुपर्छ । समाजवादी क्रान्तिको अवधि हो । हामी समाजवादी क्रान्ति अघि बढाउनुपर्छ भन्ने मान्नुपर्छ ।

तेस्रो, एकमात्रै कार्यक्रम समाजवादी कार्यक्रम हुन्छ भन्ने मान्नुपर्‍यो ।

चौथो, समाजवादी कार्यक्रम प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त आदीमा एकरुपता हुनुपर्‍यो ।

यी चार विषयमा आधारभूत सहमति भएसँगै वामपन्थी एकता सुरु गर्न तयार रहेको उनले बताए ।

‘यी कुराहरूमा आधारभूत एकता भयो भने हामी जुनसुकै वामपन्थी शक्तिसँग एकता सुरु गर्न तयार छौं,’ उनले भने, ‘यसको सुरुवात एमाले वा अरुसँग पनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?