+
+
Shares

ओपोले ‘फ्ल्यागसिप फाइभजी स्मार्टफोन’ सार्वजनिक गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १८:३९

१८ मंसिर, काठमाडौं । ओपोले २०२० को पहिलो क्वार्टरमा क्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा आधारित ‘फ्ल्यागशिप फाइभजी स्मार्टफोन’ सार्वजनिक गर्ने भएको छ।

सार्वजनिको तयारीमा रहेको नयाँ रेनोथ्री प्रो, क्वालकम टेक्नोलोजि, आईएनसीको नेक्स्ट जेनरेसन स्न्यापड्रागन ७६५जी मोबाइल प्ल्याटफर्म, एकिकृत फाइभजी, डुअल मोड फाइभजी ह्याण्डसेट हुने ओपोले घोषणा गरेको छ।

ओपोले प्रिमियम फ्ल्यागशिप फाइभजी स्मार्टफोनमा क्यामेरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमा सुदृढ कार्यक्षमता पस्कने बताएको छ।

स्न्यापड्रागन ७६५जी मोबाइल प्ल्याटफर्मबाट एकिकृत फाइभजी र ब्यूल्टअन ७ एमएम प्रोसेन प्रविधि, रेनोथ्री प्रोले उपभोक्ताले आशा गरेको भन्दा बढी फाइभजी अनुभव दिने बताइएको छ।

सन् २०१८मा ओपोले फ्ल्यागशिप फाइन्ड एक्स स्न्यापड्रागन ८४५का साथमा सार्वजनिक गरेको थियो।

सन् २०१९मा ओपोले रेनो टेन र टेनएक्स हाइब्रिड जुम स्मार्टफोन, स्न्यापड्रागन ८५५ र रेनो एस स्न्यापड्रागन ८५५ प्लसका साथमा सार्वजनिक गरेको थियो।

भविष्यमा थप फाइभजी उत्पादनहरु प्रदान गर्दै जाने ओपोको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?