Comments Add Comment

‘दि कर्मा’मा एक्सन अवतारमा करण र नीता, बोल्ड परमिता

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक भएको छ । माघको १७ गतेलाई प्रदर्शन मिति तय गरिएको यो चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । चलचित्रको टिजरमा नायक करण वर्मा र नायिका नीता ढुंगानालाई एक्सन अवतारमा देखाइएको छ ।

यस्तै, नायिका परमिता आरएल राणालाई बोल्ड अवतारमा देखाइएको छ । कलाकार वुद्दि तामाङको भूमिका पनि दर्शकका लागि कौतुहलता प्रदान गर्ने खालको छ ।

देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रलाई मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको छ । निर्माता जयराज रायको लेखन रहेको यो चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई प्रस्तुत गरेको छ । रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रमा सुशिल पोखरेलको पटकथा तथा संवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment