Comments Add Comment

ज्ञानेन्द्रको शतकसँगै भुटानमाथि फराकिलो जित

१९ मंसिर, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकसँगै नेपालले भुटानमाथि १४१ रनको फराकिलो जित हात पारेको छ ।

१३ औं साग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले २३७ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । उसका आरएम दोर्जीले सर्वाधिक २७ रन बनाएका थिए ।

नेपालका पारस खड्काले २ विकेट लिँदा करण केसी, ललितनारायण राजवंशी र पवन शर्राफले एक-एक विकेट लिए ।

ज्ञानेन्द्रको शतकसँगै ठूलो स्कोर

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २३६ रन बनाएको थियो । यो टी-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो ।

नेपालको सुरुवात राम्रो रहृयो । कप्तान मल्ल र पूर्वकप्तान पारस खड्काले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरे ।

पारस ५७ रनमा आउट भए । तेस्रो नम्बरमा आएका रोहितकुमार पौडेल मात्र ६ रनमा आउट भए ।

त्यसपछि कप्तान मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ८० रनको साझेदारी गरे । ५३ बलमा शतक पूरा गरेका कप्तान मल्ल थप दुई बल सामना गरेर १०७ रनमा आउट भए ।

यो पनि पढ्नुहोस भुटानमाथि कप्तान ज्ञानेन्द्रको शतक

५५ बलको सामना गरेका उनले पाँच चौका र ९ छक्का हाने । अन्तर्राष्ट्रिय टी-२० मा यो उनको पहिलो शतक हो ।

साथै १०७ रन टी-२० मा नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक स्कोर पनि हो

यसअघि नेपालका लागि एक मात्र टी-२० शतक पूर्वकप्तान पारसको नाममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment