Comments Add Comment

लगानी प्रवर्द्धन गर्न कानून एकीकरणमा जोड

१९ मंसिर, काठमाडौं । देशभित्र लगानी विस्तारका लागि कानून एकीकरण गर्ने सम्बन्धमा बहस सुरु भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र समृद्धि फाउण्डेशनद्वारा संयुक्तरुपमा बिहीबार ललितपुरमा आयोजित ‘लगानी सुधारका लागि कानूनको एकीकरण’ विषयक अन्तर्क्रियामा विज्ञहरुले लगानी प्रवर्द्धन गर्न प्रक्रिया तथा नीतिगत सुधारमा जोड दिए ।

कार्यक्रममा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले लगानी प्रवर्द्धन गर्न कानूनको एकीकरणका साथै सोच र कार्यशैलीमा पनि परिवर्तन आवश्यक रहेको बताए । आर्थिक क्षेत्रमा आवश्यकताभन्दा बढी कानून निर्माण भए पनि कार्यान्वयनमा यथास्थितिवादी सोच हाबी भएको उनको भनाइ छ ।

अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटाले सरकारले लगानीमैत्री ऐन निर्माण गरे पनि कार्यान्वयमा समस्या देखिएको बताए । कार्यान्वयन गर्ने व्यक्ति तथा निकायको सोचमा परिवर्तन नभएसम्म कानूनी सुधारले मात्र धेरै ठूलो प्रभाव नपार्ने उनले उल्लेख गरे । अर्थ मन्त्रालयले आर्थिक कानूनको पूर्ण कार्यान्वयनमा जोड दिए पनि कार्यान्वयन गर्ने निकाय सुस्त रहेको उनको भनाइ छ ।

पूर्व अर्थसचिव रामेश्वर खनालले नेपालका ऐन–कानून तुलनात्मक रुपमा लचिला रहेको भन्दै कार्यान्वयनमा भने समस्या रहेको बताए । लगानीमैत्री वातावरण बनाउन एकद्वार नीति आवश्यक रहेको उनको भनाइ छ । कानुन मन्त्रालयलका सहसचिव फणिन्द्र गौतमले सरकारले आर्थिक ऐनहरुमा व्यापक सुधार गर्दै लगेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment