Comments Add Comment

बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल चयन

१९ मंसिर, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल चयन भएका छन् । बिहीबार भएको संघको साधारणसभाले दाहाललाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।

संघको उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष अनुकुल भाटनगर नै दोहोरिएका छन् । भारतीय मुलका भाटनगर नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

संघको सदस्यहरुमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्याल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ र माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्मा यथावत रहेका छन् ।

संघको नयाँ कार्यसमितिमा सबै सर्वसम्मत चयन भएका छन् । नयाँ कार्यसमितिमा ४ नयाँ अनुहार देखिएका छन् ।

यसअघि संघको कार्यसमितिमा नरहेका सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवर संघको कार्यकारी सदस्यमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment