+
+

फ्रेस रिलिजमा ‘माछा माछा’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते ११:०९

यो महिना हरेक साता नयाँ चलचित्र रिलिज भैरहेका छन् । हलमा दर्शकको उपस्थिती सुनसान भएपनि नयाँ चलचित्र भने दर्शकमाझ आइरहेका छन् । यही क्रममा, आजबाट सुनिल गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘माछा माछा’ रिलिज भएको छ ।

रामबाबु गुरुङ र दयाहाङ राइको निर्माणमा तयार भएको यो चलचित्रले पैसाको पछि दौडने पात्रहरुको कथालाई प्रस्तुत गरेको छ । यो चलचित्रमा सौगात मल्ल, विजय बराल, सरिता गिरी, भोलाराज सापकोटा, माओत्से गुरुङ, नम्रता श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

मंसिर महिनामा रिलिज भएका चलचित्रहरु एकपछि अर्को असफल हुँदा ‘माछा माछा’ले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ । यस्तै, आजैबाट नयाँ नेपाली चलचित्र ‘माया पिरिम’ पनि रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?