
२० मंसिर, काठमाडौं । जनकपुरमा ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी पक्राउ परेका हुन् ।
सर्लाहीको लालबन्दीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै जनकपुर उपमहानगरपालिका-२४ स्थित सोनासति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल गर्ने मान्छेसँग चौधरीले पैसा उठाउँदै गरेको अवस्थामा ज.२ प ७३२४ नम्बरको मोटरसाइकलसहित उनलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4