+
+

जाडोमा वर्ल्डलिंकले ल्यायो ‘तात्तातो अफर’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते ११:२८

२२ मंसिर, काठमाडौं । मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले जाडो याममा ‘तात्तातो हिटरनेट अफर’ ल्याएको छ ।

ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा विभिन्न अफरहरु ल्याउँदै आएको कम्पनीले ग्राहकको यसपालीको हिँउदलाई मध्यनजर गरेर ल्याएको ‘तात्तातो अफर’ अन्र्तगत १७५०० रुपैयाँमा ४० एमबिपीएसका सम्पूर्ण वाषिर्क ग्राहकहरुका लागि सिजी ब्राण्डको ब्लोअर हिटरका साथै एक वर्षको नेटटिभी सेवा निशुल्क प्रदान गर्ने छ ।

अफरमा ग्राहकहरुले रु.१० हजार ४९० -कुल शुल्कको ३७ प्रतिशत) बराबरको ब्लोअर हिटर र नेटटिभीको सुविधा निशुल्क प्राप्त गर्नेछन् ।

यो अफर वर्ल्डलिंकका नँया तथा पूराना सबै ग्राहकहरुका लागि लागू गरिएको कम्पनीले जनाएको छ । साथै वल्र्डलिंकका अरु प्याकेजका ग्राहकहरुले पनि न्युनतम मूल्यमा सिजी ब्राण्डको ब्लोअर हिटर पाउन सक्नेछन् ।

यो अफर सीमित अवधिका लागि वर्ल्डलिंकको देशभरका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले दशंैको बेला टिभी अफर योजना ल्याएको थियो । उक्त योजनालाई पनिग्राहकले धेरै रुचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?