
नायक सलिनमान बनियाँले अभिनय गरेको चलचित्र ‘यात्रा’ रिलिज भएको ८ महिना भयो । यो ८ महिनामा सलिनको हातमा स्क्रिप्ट नपरेका होइनन् । तर, उनले नयाँ चलचित्रमा साइन गरेको खबर छैन ।
बरु, उनी ‘यात्रा’ चलचित्रका निर्देशक सम्राट शाक्यको निर्देशनमा बन्ने चलचित्रमा नै काम गर्ने तयारीमा छन् भन्ने खबर सार्वजनिक भैरहेका छन् । सलिनमान भने आफूले स्क्रिप्ट राम्रो नपाएको गुनासो गर्छन् । उनी भन्छन्–‘मलाई मन छुने स्क्रिप्ट नै आएको छैन । यसैले पनि नयाँ चलचित्र साइन गर्न सकेको छैन । पर्दामा आउन ढिलो हुन्छ भनेर मन नपरेको चलचित्रमा काम गर्न पनि भएन ।’
सलिनमान अभिनित डेब्यू चलचित्र ‘ए मेरो हजुर २’ बक्स अफिसमा हिट भएको थियो । तर, उनलाई दोश्रो चलचित्र ‘यात्रा’ले मिहिनेत गरे अनुसारको प्रतिफल दिएन । यसैले पनि सलिन स्क्रिप्टमा चुजी बनेका छन् ।
सलिनमानका लागि राम्रो कथा बोकेर कुन निर्देशक पुग्लान् ? यो चकलेटी नायक र उनका फ्यानका लागि नै प्रतिक्षामा रहनेछ ।
प्रतिक्रिया 4