Comments Add Comment

विद्युत पोलमा कार ठोक्किंदा एक जनाको मृत्यु, ५ जना घाइते 

२३ मंसिर, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फतर्फ आउँदै गरेको बा ८ च ६३९० नम्बरको कार सोमबार बिहान दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका अन्दाजी ३० बर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो ।

तीब्र गतिको कार सडकको छेउमा रहेको विद्युत पोलमा ठोक्किन पुग्दा गम्भीर घाइते भएका पाण्डेको बाणगंगा चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment