+
+
Shares

विद्युत पोलमा कार ठोक्किंदा एक जनाको मृत्यु, ५ जना घाइते 

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते १२:२०

२३ मंसिर, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फतर्फ आउँदै गरेको बा ८ च ६३९० नम्बरको कार सोमबार बिहान दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका अन्दाजी ३० बर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो ।

तीब्र गतिको कार सडकको छेउमा रहेको विद्युत पोलमा ठोक्किन पुग्दा गम्भीर घाइते भएका पाण्डेको बाणगंगा चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?