
Photo Credit : RSS
२३ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार भेटवार्ता गरेका छन् ।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग नेता नेपालको निवास कोटेश्वरमा बिदाइ भेट गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीतिक तहबाट समाधानको पहल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गरेका छन् । तर, यसबारे भारतबाट कुनै रेस्पोन्स आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4