Comments Add Comment

हिंसापीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र माग

२३ असार, वीरगञ्ज । चालु आर्थिक वर्षको साढे ४ महिनामा पर्सा जिल्लामा मात्रै १७ वटा जर्बजस्ती करणी, २ वटा जर्बजस्ती करणी उद्योगका उजुरी प्रहरीमा पुगेको छ ।

बाल यौन दुरुपयोगसम्बन्धी २ वटा उजुरी पनि दर्ता भएको छ । घरेलु हिंसा तथा महिलामाथि भएको गाली गलौच तथा कुटपिटसम्बन्धी उजुरी मासिक ६५ वटा आउने महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ ।

यौन हिंसा र घरेलु हिंसा पीडित महिलाले उपचार र न्याय खोज्ने क्रममा झन् पीडा भोग्नुपरेको छ । हालै बलात्कारमा परेकी बाराकी ६ वर्षकी बालिकाले उपचारका लागि पर्साका तीन अस्पताल चाहार्नुपर्‍यो ।

यसरी स्वास्थ्य संस्था, प्रहरी प्रशासन र अदालतबाट समेत हिंसा पीडित र तिनका परिवारलाई थप पिडा दिने काम हुने गरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले बताएका छन् ।

१६ दिने महिला हिंसा विरुद्धको अभियानका अवसरमा सोमबार वीरगञ्जनमा आयोजित कार्यक्रमका सहभागीले हिंसामा परेकालाई थप पिडा नदिन लैंगिक हिंसा प्रभावितका लागि ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ स्थापना हुनुपर्ने धारणा राखे ।

‘हिंसामा परेपछि व्यक्ति मानसिक रुपमा तनावमा हुन्छ, एकोहोरो भइरहेको हुन्छ, परिवार चिन्तामा हुन्छन्, कति त बर्बराइरहेका हुन्छन् । उनीहरुलाई प्रहरीकोमा जाउ, अस्पताल जाउ, वकिलकोमा जाउ भनेर हैरान बनाइरहेका हुन्छौं’ महिला अधिकारकर्मी कोपिला चौलागाईले भनिन् । कम्तीमा हिंसा पीडित महिलाले एकै ठाउँबाट सेवा पाउने वातावरण बनाउनुपर्ने उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा सञ्चालित महिला बालबालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक भरत ठाकुरले पर्सा जिल्लामा पीडितले न्याय नपाउँदासम्म कहाँ राख्ने भन्ने समस्या भएको बताए । ‘ग्रामीण क्षेत्रबाट हिंसा पीडित आउँछन्, न्याय नपाउन्जेल घर फर्कन दिनु पनि भएन तर कहाँ राख्ने समस्या छ ।’

अधिवक्ता कमलमोहन पोखरेल २० वटा भन्दा बढी हिंसा महिला भएकै कारणले खेप्नुपर्ने अवस्था समाजमा विद्यमान रहेको बताउँछन् । ‘घर भित्रैबाट हिंसा बढी भइरहेको छ, सार्वजनिक स्थलमा हुने यौन दुव्र्यबहारका घटना विरुद्ध पनि कानुन छन् । तर उजुरी आइरहेको हुन्न’ अधिवक्ता पोखरेलले भने ।

के हो एकद्वार संकट व्यवस्थापन केन्द्र ?

अस्पतालमा आधारित भएर गठन गरिने एकद्वार संकट व्यवस्थापन केन्द्रले प्रभावितलाई उपचार, मनोपरामर्श सेवा उपलब्ध गराउनुको साथै आवश्यक कानुनी परामर्श, सुरक्षा आवास सेवाका लागि सहजीकरण गर्छ । राज्यले प्रदान गरेका अन्य सेवामा प्रभावितको पहुँच पुर्‍याउन पनि यसले सहयोग गर्छ ।

सरकारले कतिपय जिल्लामा स्वास्थ्य मन्त्रालय अन्र्तगत जिल्ला स्थित अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरेर हिंसा प्रभावित, बालिका, किशोरी तथा महिलाहरुलाई सेवा दिँदै आएको छ । तर पर्सा जिल्लामा यो सेवा शुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment