
२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पौडी अन्तर्गत महिलाको ४ सय मिटर मिड्ले रिलेमा नेपालले कांस्य पदक जितेको छ ।
गौरिका सिंहसहितको टीमले ४ मिनेट ३३.६२ सेकेण्डमा दूरी पार गरी कांस्य पदक जितेको हो । यो स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले रजत जितेको छ ।
भारतीय खेलाडीले ४ मिनेट २१.२८ सेकेण्ड र श्रीलंकाका खेलाडीले ४ मिनेट २४.६६ सेकेण्डमा दूरी पार गरे । यो सँगै गौरिकाले १३ औं सागमा ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4