Comments Add Comment

प्रेम-सम्बन्ध : आफू केन्द्रित व्यक्तिसँग डेट गरिरहनुभएको त छैन ?

सम्बन्ध गाँस्न जति सजिलो हुन्छ, त्यसलाई निभाउन त्यति नै गाह्रो हुन्छ । यदि तपाईंको सम्बन्ध एउटा त्यस्तो व्यक्तिसँग गाँसियो, जो व्यक्ति पहिलाबाट नै एउटा अर्को सम्बन्धमा बाँधिएको छ भने त्यस्तो व्यक्तिसँग सम्बन्ध कसरी निभाउन सक्नुहुन्छ ?

एउटा त्यस्तो व्यक्ति जसले तपाईंलाईभन्दा बढी आफू स्वयंलाई धेरै माया गर्छ । त्यस्तो व्यक्तिसँग जति सक्दो चाँडो टाढा हुनु नै तपाईंका लागि फाइदाजनक हुन्छ । तर, तपाईं जसलाई डेट गरिरहनु भएको छ, त्यो व्यक्ति  अहंकारको शिकार छ भन्ने कुरा कसरी थाहा पाउने ? अथवा कुनै व्यक्ति अहंकारी छ कि छैन भन्ने कुरा कसरी थाहा पाउने ? आज हामी अहंकारी व्यक्तिहरुका केही लक्षणहरुको बारेमा जानकारी दिँदैछौं । जसले गर्दा तपाईंलाई त्यस्ता व्यक्तिको बारेमा समयमा नै पहिचान हुन सहयोग पुग्छ ।

अहंकारी व्यक्तिले तपाईंलाई बोल्ने मौका दिँदैन । उसले हरेक कुरालाई घुमाइफिराई आफूतिर नै केन्द्रित गर्छ । कुरै-कुरामा आफ्नो उपलब्धीहरुको चर्चा गर्छ । आफ्नो पिठ्यूँ आफैंले थप्थपाइ रहन्छ ।

उसले आफ्नो पार्टनरलाई नियन्त्रणमा राख्ने कोसिस गर्छ । त्यही क्रममा प्रायः सम्बन्धको मर्यादालाई पनि नाघ्छ । तपाईंको करियर, परिवार, साथीसँग सम्बन्धित हरेेक समस्याको समाधान आफ्नो तरिकाले गर्न चाहन्छ । उसलाई ऊभन्दा ज्ञानी अर्को कोही छैन जस्तो लाग्छ ।

उसलाई आफू अति नै महत्वपुर्ण लाग्छ । अरुले उसलाई पर्खँदा पनि गर्व मान्नुपर्छ भन्ने उसको धारणा हुन्छ । सबै लाइनमा बसेको समयमा पनि उ लाइनको बेवास्ता गरेर अगाडि पुग्ने कुरामा विश्वास गर्छ ।

उसले कहिले पनि नियम र कानुनको वास्ता गर्दैन । उसलाई आफू नियम कानुन भन्दामाथि भएको अनुभव हुन्छ । उसलाई आफ्नो कानून र नियम आफैं बनाउन सक्छु जस्तो लाग्छ । उ आफैंमा यति हराएको हुन्छ, उसलाई आफ्नो पार्टनरले के सोच्छ अथवा महसुस गर्छ भन्ने कुराको पनि अन्दाजा समेत हुँदैन।

जब ऊ कुनै कुराले दुःखी हुन्छ, उसको चाहाना तपाईं ऊसँगै बसेर उसको अनावश्यक कुराहरु सुनिरहनु होस् भन्ने हुन्छ । उसलाई लाइम लाइटमा बस्ने बानी बस्छ । उ सधैं आकर्षणको बिन्दु बनिरहन चाहन्छ । यदि कसैको ध्यान कुनै दिन गल्तीले तपाईंतिर गयो भने उ जलेर कोइला बन्छ ।

ऊबाट पनि कुनै दिन केही गल्ती हुन्छ भन्ने कुरालाई ऊ स्वीकार्न चाहँदैन । ऊ सधैं अरुलाई आफ्नो चस्माबाट संसार देखाउने कोसिस गर्छ । यसको लागि ऊ कुनै पनि हदमा जान सक्छ । ऊ जन्मजात नै प्रतियोगी हुन्छ । बिना कारण मानिसहरुसँग होड गर्नु र आफूलाई अग्रपंक्तिमा लैजाने कोसिस गर्ने व्यहोरा जन्मजात नै हुन्छ ।

ऊ केवल आफ्नो बारेमा मात्र सोच्छ । यहाँसम्मकी ऊ हरेक ऐनामा केवल आफ्नो मात्र छवि हेर्न चाहन्छ । त्यस्ता व्यक्तिहरुबाट सकेसम्म बचेकै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment