+

नापोलीको प्रशिक्षक बने गाटुसो

२०७६ मंसिर  २६ गते ११:४२ २०७६ मंसिर २६ गते ११:४२
नापोलीको प्रशिक्षक बने गाटुसो

२६ मंसिर, काठमाडौं । इटालियन क्लब नापोलीले जेनारो गाटुसोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

टिम च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेलगतै नापोलीले प्रशिक्षक कार्लो एन्सेलोटीलाई बर्खास्त गरेको थियो ।

४१ वर्षीय गाटुसोले भने गत सिजनको अन्त्यमा एसी मिलान छाडेर बसेका थिए । गाटुसोले एक समय एसी मिलानमा एन्सेलोटीको मातहतमा खेलेका थिए । अहिले नापोलीको प्रशिक्षकमा उनकै ठाउँ लिएका उनी भन्छन्, ‘उनी मेरो बुवा समान हुन् । म सधैं उनी नजिक छु र सहयोग पनि गर्नुहुन्छ ।’

नोपालीको प्रशिक्षक नियुक्त भएपछि उनले शीर्ष चार पर्नका लागि कडा मेहनत गर्नुपर्ने बताएका छन् ।

नोपाली सिरी ए को सातौं स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय