+
+

संवैधानिक परिषदको कार्यविधि परिवर्तन नगर्न कांग्रेसको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते २०:२३

२६ मंसिर, काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधि परिर्वतन गर्न खोजेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डत गर्ने मनसायसाथ कार्यविधि परिवर्तन गर्न खोजेको उसको आरोप छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले पारित गरेको निर्णयमा भनिएको छ, ‘मन्त्रिपरिषद्ले केही अघि राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको यससम्बन्धी अध्यादेशले यसको पुष्टि गरेको छ ।’

प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिहरुलाई राजनैतिक पूर्वाग्रहका आधारमा लान्छीत गर्ने, झुठ्ठा मुद्दा चलाउने सक्ने कांग्रेसको आशंका छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘यसरी दुराग्रह र वद्नियत राखी कोही कसैमाथि पनि गरिने कुनै पनि प्रकारका गैर संवैधानिक र प्रतिशोधपूर्ण कार्यको प्रतिवाद नेपाली कांग्रेसले गर्ने चेतावनी यो बैठक सरकारलाई दिन चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?