+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

छिमेकीको कुटपिटबाट खोटाङमा एक युवकको मृत्यु, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १७:०८

२७ मंसिर, काठमाडौं । खोटाङमा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हलेसी-तुवाचुङ नगरपालिका-७ का २४ वर्षीय रमेश राई रहेका छन् भने सोही ठाउँका ३४ वर्षीय अशोक राई घाइते भएका छन् ।

बिहीवार साँझ स्थानीय २१ वर्षीय अशोक राई, २७ वर्षीय भविन राई र २५ वर्षीय बलराम राईको कुटपिटबाट गम्भीर घाइते भएका रमेशको शुक्रवार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रमेशको हलेसीस्थित ओमसिद्धि बाबा पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । कुटपिटबाट घाइते भएका अशोकको सोही पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न तीनै जना फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?