Comments Add Comment

नेपालकै ‘स्ट्रङगेस्ट’ वियर ‘अर्ना ८’ बजारमा

२९ मंसिर,  काठमाडौं । यती ब्रुअरी प्रालिले आफ्नो नयाँ उत्पादन ‘अर्ना ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । छोटो अवधिमै ग्राहकहरुमाझ लोकपि्रय बनेको अर्ना ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘अर्ना ८’ नेपाली वियरमध्येकै सर्वाधिक ८ प्रतिशत ‘अल्कोहल’भएको ‘स्ट्रङ’ वियर हो ।

‘स्ट्रङ’ वियरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको ‘द स्ट्रङगेस्ट वियर’- ‘अर्ना ८’स्वादमा पनि उत्तिकै उत्कृष्ट रहेको छ ।

‘अर्ना ८’ वियर ३३० मिलि र ६५०मिलि दुवै बोतलहरुमा उपलब्ध छ । ग्राहकहरुको सहजतालाई मध्यनजर गरी यीदुवै बोतलहरुमा ‘पूलअफक्याप’ राखिएको छ जसका कारण यसलाई खोल्न ‘ओपनर’ आवश्यक पर्दैन । सीधै बोतलबाट पिउन सजिलो र छुट्टै ग्लास आवश्यक नपर्ने भएका कारण ३३०मिलिको ‘अर्ना ८’ विशेषगरी युवा पिँढीमाझ चाँडै लोकप्रिय हुने अपेक्षा कम्पनीले लिएको छ ।

चित्तवनको चैनपुरस्थित अन्तर्राष्ट्रियस्तरको वियर प्लान्टबाट उत्पादित ‘अर्ना ८’ ३३०मिलिको बजार मूल्य रु १४० र ६५० मिलिको मूल्य रु २७५ मात्र रहेको छ । ३३०मिलिको ‘अर्ना  ८’ एक कार्टुनमा २४ बोतल हुन्छ भने ६५० मिलिको एक कार्टुनमा १२ बोतल हुन्छ ।

स्वाद, गुणस्तर, प्याकेजिङ र मूल्य लगायत सबै दृष्टिकोणबाट ‘अर्ना  ८’ उच्चस्तरीय रहेको कम्पनी बताउँछन् ।

वियर पारखीहरुको फरक-फरक रोजाइ एवं स्वाद अनुरुप अर्ना ब्रान्ड अन्तर्गत ‘अर्ना ८’सँगसँगै ‘अर्ना लाइट’, ‘अर्ना पि्रमियम’र ‘अर्ना स्ट्रङ’ पनि बजारमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment