Comments Add Comment

सुन्दर तथा आकर्षक घरका लागि स्टेनलेस स्टील अपारिहार्य 

२९ मंसिर, काठमाडौं । पछिल्लो समय नेपालमा स्टेनलेस स्टीलको प्रयोग बढ्दो क्रममा छ । बलियो, लचकदार, आकर्षक, खिया प्रतिरोधक, कोरीजन रेसिस्टेन्स, तातो र चिसो तापक्रम प्रतिरोधक, हाइजेनिक गुण, पुन प्रयोगलगायत विशेषता भएकाले यस प्रतिको आकर्षण बढ्दै गएको हो । स्टेनलेस स्टीललाई विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिन्छ । व्यावसायिक, घरायसी, व्यापारिकलगायत विविध क्षेत्रमा स्टेनलेस स्टीलको व्यापक प्रयोग हुँदै आएको छ ।

आकर्षक र प्रयोगमा सहजता हुने भएकाले स्टेनलेस स्टीलको प्रयोगमा ल्याउने गरिएको आर्किटेक्चर कल्पीत चौलागाई बताउँछन् । फलामको तुलनामा स्टेनलेस स्टील हलुका साथै सुन्दर हुन्छ । विभिन्न साइज र डिजाइनमा उपलब्ध हुने भएकाले पनि यसको माग उच्च छ । घर, बगैचा, रंगशाला, हस्पिटल, बसस्ट्यान्ड, खानेपानी तथा ढल, बहुतले भवन, उद्योग कलकारखाना लगायत धेरै क्षेत्रमा स्टेनलेस स्टीलको प्रयोग देख्न सकिन्छ । बलियोका साथै आकर्षक हुने भएकाले यसको प्रयोग गरिएको आर्किटेक्चर चौलागाईको भनाइ छ ।

घरका कोठालाई सुन्दर तथा आकर्षक देखाउनका लागि पनि स्टेनलेस स्टीलको प्रयोग गर्ने गरिएको इन्टिरियर डिजाइनर शर्मिला लामिछाने बताउँछन् । ‘टेबुल, कुर्सी लगायतको फेममा स्टेनलेस स्टील राख्ने चलन बढ्दो छ’, लामिछाने बताउँछिन्, ‘यसले फेमलाई आकर्षक देखाउँछन् ।’ काठको फेमको तुलनमा आकर्षक देखिनुका साथै यसलाई किराले खादैन । घरको सौन्दयकरणमा पछिल्लो समय उपभोत्ता जागरुप भएको देखिनछ । सुन्दर र टिकाउ वस्तुको प्रयोग गर्नुपर्छ भन्ने धारण विकास भएको छ । सफा, सुकिलो तथा चम्किलो भएकाले पनि  पछिल्ला केहि वर्षमा स्टेनलेस स्टीलको प्रयोगकमा व्यापकता आएको लामिछाने बताउँछिन् । स्टेनलेस स्टीललाई आवश्यकता अनुसार विभिन्न साइज तथा डिजाइन दिन सहज हुने भएकाले यसको प्रयोग बढ्दो छ । स्टेनलेस स्टील सजिलै काटिने, जोडिने र सहज रुपमा विभिन्न आकार दिन सकिन्छ । पछिल्लो समय घरका कौसी, बारदली, भर्‍याङ पनि यसको प्रयोग गरिन्छ ।

स्टेनलेस स्टील व्युटिफिकेसनमा मात्र नभई खानेपानी तथा ढलका पाइपका रुपमा पनि प्रयोग गर्न सकिन्छ । स्टेनलेस स्टील उच्च तातो तथा चिसो प्रतिरोधक छ । लामो समयसम्म पाइपलाई टिकाउ हुन्छ । पछिल्लो समय पलास्टिकका पाइपमा मुसाले काट्नेलगायतका समस्या देखिन थालेको छ । स्टेनलेस स्टील सुरक्षित हुनुका साथै झन्झट मुक्त छ ।

यसमा लागेको दाग सहजै पुस्न सकिने हाइजेनिक गुण पनि छ । सफा र स्वच्छ भएकाले अस्पताल, भान्छा, औषधी पसललगायतका उपकरणमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

स्टेनलेस स्टीलको प्रयोगको क्षेत्र असिमित छ । स्टेनलेस स्टील बहुउपयोगी हुने भएकाले यसको प्रयोग बढ्दो छ । घरायसी, व्यवसायीक, व्यवसाय, इन्जिनियरिङ, यातायात, खाद्ययन, खानेपानी तथा ढल, मेडिकललगायत विविध क्षेत्रमा यसको प्रयोग गर्न सकिन्छ । स्टेनलेस स्टील प्रयोग गरिएको क्षेत्र सुन्दर र मनमोहक देखिन्छ ।

०००

पछिल्लो केहि वर्षदेखि मुलुकमा विकास निर्माणका कार्य तिब्र गतिमा अघि बढिरहेको छ । निर्माण उपकरणको माग उच्च छ । बढ्दो मागलाई सम्बोधन गर्न मुलुकभर ३७ वटा स्टील उद्योग सञ्चालनमा रहेको उद्योग विभागको तथ्यांकमा छ । यीमध्येमा  ११ वटा स्टेनलेस स्टील उद्योग छ ।

स्टेलेस स्टीलको बढ्दो माग सम्बोधन तथा परनिर्भतालाई अन्त्य गर्न मुलककै अग्रणी समुह (शंकर ग्रुप)ले सन् २०१७ देखि जगदम्बाकै नामबाट गुणस्तरीय स्टेनलेस स्टील बजारमा ल्याइरहेको छ ।

शंकर ग्रुप नेपालको प्रतिष्ठित संस्था हो । यस संस्थाले विगत दुई दशकदेखि मुलुक निर्माणमा सहयोगी भुमिका निर्वाह गरिरहेको छ । सरकारको पहिलो प्राथमिकतमा पुर्वाधार विकास नै छ । सरकारको लक्ष्य तथा जनताको चहाना अनुरुपको पुर्वाधार विकासका लागि सहयोग हुने उपकरण जस्तैःस्टील, सिमेन्ट, कालो तथा जी.आई पाइप, र विभिन्न ट्रेडिङ कम्पनीको आधिकारिक बिक्रेताको रुपमा समुद्ध राष्ट्र निर्माणमा कम्पनीले योगदान पुर्‍याउँदै आएको छ ।  नेपाली जनमानसमा ‘जगदम्बा’ सर्वाधिक रुचाइएको ब्रान्डको रुपमा प्रस्तुत भइसकेको छ ।

जगदम्बा ब्रान्ड ग्राहकवर्गका बिच उच्चकोटीको र गुणस्तरीय सामाग्री उत्पान गर्ने कम्पनीको रुपमा उच्च छवि बनाउन सफल भइरहेको कम्पनी बताउँछ । ग्राहककै चहाना तथा मुलुकको आवश्यकता अनुसार विगत तीन वर्षदेखि कम्पनीले जगदम्बाकै नामबाट स्टेनलेस स्टीललको विक्री वितरण सुरु गरिरहेको छ ।

कम्पनीले पर्साको चरेनीमा उच्च प्रविधिबाट ‘एसएस पाइप’ उत्पादन गर्दै आइरहेको छ । जगदम्बाका अन्य उत्पादन जस्तै एसएस पाइप पनि उपभोक्ताको विश्वास जित्न सफल भइरहेको छ । एसएस पाइप सस्तो र सुलभ तरिकाले प्रयोग गर्न सकिन्छ । जगदम्बा एसएस पाइप जापानी प्रविधीद्वार निर्मित अन्र्तराष्ट्रिय स्तरको छ ।

जगदम्बा स्टेनलेस स्टीलको प्रयोग सिंहदरबार, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, श्री सप्नेश्वर उच्च माध्यमिक विद्यालय- काभ्रे, सेन्ट जेभिएर स्कुल लगायतमा प्रयोग गरिएको छ । यो राउन्ड ट्युब, रेक्टङ्गुलर ट्युब्स, स्क्वार ट्युबमा उपलब्ध छ । राउन्ड ट्युब्स ०.२५ इन्चदेखि चार इन्च, रेकट्ङगुलर ट्युब्स १० एमएम वाई १० एमएम देखि ८० एमएम वाई ८० एमएम, स्क्वार ट्युब्स २० एमएम वाई १० एमएम देखि १०० एमएम वाई ६० एमएमको साइजमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment