Comments Add Comment

थ्रीस्टार क्लबलाई एडिडासको साथ

३० मंसिर, काठमाडौं । ए डिभिजन लिग क्लब थरी स्टारले एडिडासको साथ पाएको छ । थ्री स्टारले सोमबार नेपालमा एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसनसंग प्रायोजनसम्बन्धी सम्झौता गरेको हो ।

सोमबार ललितपुरस्थित अशोक पार्टी प्यालेसमा रुट्स फेसनका प्रबन्ध निर्देशक सञ्जीव तुलाधर र थ्री स्टारका क्लबका अध्यक्ष अरुणमान जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

रुट्स फेसनले थ्री स्टारलाई एक बर्षका लागि २५ लाख बराबरको जर्सी, मोजा, ट्रायकसुट, बुट, फुटबल, ब्याग, गोलकिपर ग्लोभ्स, स्पोर्ट सुजलगायतका सामाग्री उपलब्ध गराउने सम्झौता भएको छ ।

रुट्स फेसनले यसअघि २००५ मा पनि थ्रीस्टारलाई प्रायोजन गरेको रुट्स फेसनका प्रआन्ध निर्देशक तुलाधरले बताए । थ्री स्टारले लिगको पहिलो खेलमा जाउलाखेल युथ क्लबसंग बुधबार खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment